आजको मौसम

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ ।

आगामी समयमा देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

देशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मौसम प्रभावित बन्नेछ। महाशाखाका अनुसार देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । यसका साथै सोही क्षेत्रका एक-दुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । पोखरामा चोरी भएको एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार