दिगो विकास र नियन्त्रणको काम नगरेका कारण अहिले राज्यको ठुलो धनराशी खर्च भइरहेको छ: सांसद खत्री

भक्तपुर, ३० असोज । रामहरि चौलागाईं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोलाई जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार गरिएको बताएका छन् ।

शुक्रबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित दशैँ विशेष स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खत्रीले जिल्लाकै पूर्व मन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतप्रति इङ्गित गर्दै उक्त टिप्पणी गरेका हुन् ।

आफू निर्वाचित हुनुभन्दा धेरै अघि नै उक्त पहिरो गएको उल्लेख गर्दै उनले भने, ‘अस्ति एकजना हाम्रै यहाँका पूर्व मन्त्री भइसक्नुभएको व्यक्तिले ‘राजीव खत्रीले पहिरो, राजीव खत्रीले पहिरो’ भनिरहनुभयो। ए बाबा, राजीव खत्री आएपछि गुन्डुको पहिरो आएको हो र? त्यो पहिरो आएको १०, ११, १२ वर्ष भएन?’

सांसद खत्रीले उतिबेलै दिगो विकास र नियन्त्रणको काम नगरेका कारण अहिले राज्यको ठुलो धनराशी खर्च भइरहेको बताए। ‘त्यतिवेलै रोकथाम गरेको भए आज राज्यको यति ठुलो खर्च हुन्थ्यो? अरु नक्कली काम गर्दा कति पैसा पहिरोले बगाएर लग्यो? त्यसकारण पहिले नै दिगो विकास नगरिनु उहाँहरुकै गल्ती हो अब तपाईँहरु ढुक्क हुनुहोस्, १० वर्ष पहिले आएको उक्त पहिरोको पनि अब काम हुन्छ। यो वर्ष वर्षाअगावै काम हुन्छ।’ उनले प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय

काठमाडौँ, ३० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October