काठमाडौँ, ३० असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






