माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौँ, २९ असोज । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ ।

सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको । साथै, त्यसपश्चात बसेको बैंक सञ्चालक समितिको बैंठकले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी चारवर्षे कार्यकालका लागि रोशन केसीलाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ ।

यसका साथै, सोही साधारणसभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चूक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापुँजीको तीन प्रतिशत नगद र तीन प्रतिशत बोनस सेयर गरी जम्मा ६ प्रतिशत (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरणपश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र