काठमाडौँ, २८ असोज । संयुक्त अधिराज्य (बेलायत)को औपचारिक भ्रमण सकेर प्रधान सेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।
आज नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग के.सी. ले स्वागत गरेका गरे ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायतका सेनाध्यक्ष जनरल सर रोली वाल्कर लगायत त्यहाँका उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए ।
सेनापतिले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालित अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण समेत गरेका थिए ।
सो अभ्यासमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई सिग्देलले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।








