ट्रम्पले गरे किम जोङ उनसँग भेटवार्ता हुन सक्ने संकेत

एजेन्सी, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने संकेत गरेका छन् । 

फिलिपिन्समा आयोजना हुने आसियान शिखर सम्मेलन र चीनको शेन्जेनमा हुने एपेक शिखर सम्मेलनका लागि आफ्नो आसन्न एसिया भ्रमणका क्रममा पत्रकारहरूले सोधेको प्रश्नको उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ट्रम्पले भने, “म उहाँलाई भेट्न सक्छु । यो एक रोमाञ्चक भेटघाट हुनेछ । मेरो उनीसँग राम्रो सम्बन्ध छ ।”

ट्रम्पले आफ्नो पहिलो कार्यकालका क्रममा किम जोङ उनसँग तीनपटक प्रत्यक्ष भेटवार्ता गरेका थिए । पहिलो जुन २०१८ मा सिंगापुरमा, दोस्रो फेब्रुअरी २०१९ मा भियतनाममा र तेस्रो जुन २०१९ मा उत्तर र दक्षिण कोरियाको असैन्यीकृत क्षेत्र मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको