रुसलाई नेटोको सैन्य चेतावनी

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन् ।

नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोप अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन् । यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रुसको गतिविधिबारे चिन्ता बढेको छ । पश्चिमी अधिकारीहरूले युक्रेनका समर्थक देशविरुद्ध मस्कोले तोडफोड र हस्तक्षेपजस्ता गतिविधि बढाएको आरोप लगाएका छन् ।

रुसको सम्भावित आक्रमण रोक्न नेटोले आफ्नो रक्षा योजना गोप्य राख्दै आएको छ । नयाँ सम्बोधनबाट रणनीतिका विस्तृत विवरण सार्वजनिक हुने सम्भावना कम भए पनि यसले रुसलाई चेतावनी दिनुका साथै पूर्वी सदस्य राष्ट्रलाई आश्वस्त पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ