टिकटकमा धम्कीपूर्ण भिडियो हाल्ने एक जना पक्राउ

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी २१ वर्षका ‘काले’ भनिने पशुपति पासवान छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई आज बिहान आफ्नै घरठेगानाबाट नियन्त्रणमा लिइएको हो ।

टिकटकमा हिंसात्मक तथा धम्कीपूर्ण भिडियो सम्प्रेषण गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।