सुदूरपश्चिमको अपरेल पार्टनरमा लोटो स्पोर्ट

काठमाडौँ, २६ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टसँग सम्झौता गरेको छ । 

सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनका निम्ति लोटोलाई आधिकारिक अपरेल पार्टनरका रूपमा भित्र्याएको हो । इटालीमाको लोटो अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड हो, जसले खेलकुदसम्बन्धी पोसाक, जुत्ता लगायतका सामग्री उत्पादन गर्दै आएको छ ।

लोटोले सुदूरपश्चिमको यात्रामा साथ दिन पाउँदा गर्व लागेको बताउँदै क्रिकेटले नेपालमा ल्याउने जोश, ऊर्जा र खेल भावनाको हिस्सा बन्न उत्साहित रहेको जनाएको छ । 

सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले लोटो स्पोर्टसँगको साझेदारीले टोलीको व्यावसायिक यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने

काठमाडौँ, २६ असोज । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको

काठमाडौँ, २६ असोज । नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको प्रहरी