बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको निष्कर्ष

काठमाडौँ, २६ असोज । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ । 

केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको छ र सोही भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिएको बताएको छ । 

“१० अक्टोबरको तस्बिरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ र सोही उच्च भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिन्छ,” केन्द्रले भनेको छ, “गेग्रान बहावको बाटो १० अक्टोबरको तस्बिरमा माथिल्लो हिमशिखरबाट एउटा गाढा कालो रेखा सुरु भएर ठाडो खोँच हुँदै तलतिर तीव्र गतिमा बगेको देखिन्छ ।” 

यसले भीषण हिमपहिरो वा लेदो पहिरोले बाटोका बनस्पति र माटो बढारेर लगेको संकेत गरेको केन्द्रको विश्लेषण छ । बहाव र थुप्रिने प्रक्रिया तीव्र हुँदै बगेको उक्त लेदो चुम्लिङ र रिप्चेत नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको भनाइ छ । 

“तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा बाधा पुर्‍याएको छ,” केन्द्रले भनेको छ, “यसले थामेको सम्भावनालाई समेत संगेत गर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न

काठमाडौँ, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् ।

काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक

भक्तपुर, २७ असोज । अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागु