भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु भएको छ ।
जिल्लाको चाँगुनारायण नगरपालिका वडा न. ६ फेदिमा मुख्य कार्यकालय रहेको यस संस्थाको आइतबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाबाट संस्थाको उपाध्यक्षमा आश्विन गिरी, सचिवमा राम कुमार नेपाल, कोषाध्यक्षमा करुणा राउत क्षेत्री सर्वसम्मत चयन रुपमा हुनु भएको हो ।
संचालक समिति सदस्यहरुमा रुपा गजुरेल लामिछाने, रमेश तामाङ्ग, सुवास खत्री, दुर्गा थापा लामिछाने, दिनेश लामिछाने निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा राजेश्वर लामिछाने, समितिको सदस्यमा प्रदिप अधिकारी र राजाराम गिरी चयन हुनु भएको हो ।






