पुलहरू क्षति छ, मानवीय क्षतिको सूचना छैन : गोरखा सीडीओ

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण हालसम्म मानवीय क्षतिको सूचना प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।

उनले भने,  “दुइटा बस्तीलाई पूरै क्षति बनायो, जगतको बस्ती र पन्देरीको बस्तीलाई,” “पशुधन र अन्य संरचना, पुलहरू क्षति छ, मानवीय क्षति छैन ।

बाढीको उत्पत्ति स्थल कहाँ, कसरी आयो भन्नेबारे यकिन हुन बाँकी रहेको उनले बताए । आज बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

गोरखाको आरुघाटमा बाढी खतरा तह पार भएको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान,

काठमाडौँ, २५ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । अहिले हिमाली भूभागमा साधारणतया

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो