रुसी बम आक्रमणमा युक्रेनमा ३० जनाको मृत्यु

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार क्रामतोस्र्क समुदायकै बिलेन्के गाउँमा थप तीनजनाको मृत्यु भएको छ । आक्रमणमा १८ जना घाइते भएको डोनेट्स्क क्षेत्रीय प्रमुख वादिम फिलास्किनले बताए । उनले रुसी सेनाले धेरैभन्दा धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाएका छन् ।

क्रामतोस्र्क र छिमेकी स्लोभ्यान्स्क युक्रेनको ‘किल्ला क्षेत्र’का हिस्सा हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको सम्पूर्ण औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको आरोप छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको कडा जवाफ दिनुपर्ने बताएका छन् । उनले रुसले डोनबासमा जनजीवन नष्ट गर्न खोजेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

स्थानीय अभियोजकहरूले सार्वजनिक गरेका तस्बिरमा जलेका बसका अवशेष, भग्नावशेष र सडकमा शवहरू देखिएका छन् । आक्रमणबारे मस्कोले हालसम्म टिप्पणी गरेको छैन ।

युक्रेनमा रुसी आक्रमण तीव्र बन्दै जाँदा सर्वसाधारणको मृत्यु पनि बढिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ भरि मारिएका नागरिकको संख्याभन्दा यस वर्ष अगस्टसम्ममा बढी सर्वसाधारण मारिइसकेका छन् ।

यसअघि, बुधबार बिहान राजधानी किभको पूर्वमा रहेको प्रिलुकीमा पाँचतले आवासीय भवन ध्वस्त हुने गरी भएको आक्रमणमा पाँच बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो । मृतक बालबालिकामध्ये तीनजना एक वर्षका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२