ग्लोबल आइएमई बैंकको सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने

काठमाडौँ, २२ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ।

विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाभित्रका सबै शाखा कार्यालयमार्फत यो सेवा विस्तार गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट) सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने छ।

यसअघि सीमित मुख्य शाखाहरूबाट मात्र नगद विदेशी मुद्रा लिनुपर्ने बाध्यता रहेकामा अब उपत्यकाका सबै शाखाबाटै सटही सुविधा पाएपछि ग्राहकहरूको समय बचत हुनुका साथै यात्रा थप सहज र ढुक्क हुने विश्वास बैंकले लिएको छ। उक्त सेवासम्बन्धी थप जानकारी तथा सोधपुछका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ को फोन नम्बर ०१-५९७०६०० तथा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्