आठवटा युद्ध समाप्त पारेको ट्रम्पको दाबी

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् । 

बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन् ।

कुनै पनि राष्ट्रपतिले अहिलेसम्म युद्ध अन्त्य नगराएको तर आफूले आठवटा युद्ध रोकेकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने उनको भनाइ थियो । सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेको नोबेल समितिले शुक्रबार गर्दै छ । 

सोही पुरस्कारका विषयमा सोधिएको प्रश्नमा ट्रम्पले नोबेल समितिको निर्णय के हुन्छ भन्ने आफूलाई थाहा नभएको बताए। समितिको छवि ट्रम्प जस्ता मानिसहरूलाई पुरस्कार नदिने खालको रहेको टिप्पणी पनि उनले गरे।

पुनः सत्तामा आएदेखि नै ट्रम्पले आफू विश्वकै प्रतिष्ठितमध्येको एक नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार भएको बताउँदै आएका छन्। अब त्यो समय आएको भन्दै उनले अघिल्लो पटक पुरस्कार पाउने व्यक्तिले इतिहासमै ट्रम्प सबैभन्दा बढी हकदार रहेको बताएको दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गर्नुभएको छ