काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक सहयाेग गरेकाे छ ।
दुबै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकाेप उद्वार काेषमा रकम हस्तान्तरण गरेका हुन् ।
भाेटेकाेशी बाढी प्रभावित नागरिककाे राहत, उद्वार, पुनस्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयाेग भन्दै दुबै संस्थाले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेकाे प्रमुख स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिनुभयाे ।
उनकाअनुसार बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयाेग गरेकाे हाे । भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष हाेमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएकाे थियाे ।
यसैगरी रिब्डीकाेट बुद्व विहार पाल्पाले ४० हजार रूपैयाँ सहयाेग गरेकाे छ । विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएकाे थियाे ।







