ऊर्जा क्षेत्रको विकास: निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय समिति गठन

काठमाडौँ, २० असोज । ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिको संयोजकमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिनुभएको छ । समितिको सदस्यहरूमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) बाट नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य प्रतिनिधि हुनुहुन्छ । साथै इन्जिनियर शिरिष पाण्डे सदस्य र मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवद्र्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । समितिले ऊर्जा क्षेत्रका परियोजनामा देखिने नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गरी आवश्यक सहजीकरणका लागि सुझाव दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ