तातोपानी नाका खुलाउन चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

काठमाडौँ, २० असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् । 

आज सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् । 

विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको उनले बताए । तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी उनले दिए ।

उनले भने, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ । तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन र बाटो सञ्चालनमा ल्याइसकिएको छ । चीन पक्षसँग दैनिकजसो नियमित संवाद भइरहे पनि उहाँहरू अझै तयार हुनुभएको छैन । विपद्का कारण देखाएर चिनियाँ सरकार नाका सञ्चालनमा केही हदसम्म अनिच्छुक देखिएको छ र ‘ग्रिन सिग्नल’ दिइसकेको छैन । यद्यपि हामी प्रयासरत छौँ र चाँडै नाका खोल्न सफल हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ ।  यातायात

काठमाडौँ, २० असोज । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक