काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ ।
नेपालमा ३१ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म युरोपमा अक्टोबर १७, क्यानडामा अक्टोबर २३, युएई, कतार, ओमन र बराइनमा अक्टोबर १६ बाट प्रदर्शनमा आउन लागेको हो ।
ब्लकबस्टर फिल्म निरन्तर दिँदै आएको दीपक दीपाश्री टिमको ‘छ माया छपक्कै २’ दीपेन्द्र लामाले निर्देशन गरेका छन् । दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई लगायतको मुख्य भूमिका रहेको छ ।






