गगनलाई नयाँ दल भनेर प्रमले नहेपेको भए हुने : गोकुल बास्कोटा

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एक तिहाइ काङ्ग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ-पुराना दलका मिलन-बिछोडका रमाइला आवाज गुञ्जिएका थिए । तर, प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’

काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए ।

उद्घाटन समारोहमा काङ्ग्रेस सभापति गगन थापाले संसद् खुला हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री शाह संसद्‌मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए । थापाको उक्त अभिव्यक्तिलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री शाहले आइतबार फेसबुकमा लेखेका थिए, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी