अमेरिकाद्वारा बेलायती सैन्य आधारबाट बमवर्षक विमान फिर्ता

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ ।

अमेरिकाको यो कदम प्रति–आतंकवाद प्रहरीले अनुसन्धान गरिरहेको गम्भीर घटनापछि आएको हो । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार जारी गरेको वक्तव्यमा सैन्य आधारमा रहेका सबै बमवर्षक विमानलाई अमेरिकास्थित उनीहरूका मुख्य सैन्य आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् ।

विमान फिर्ता बोलाउनुको स्पष्ट कारण अमेरिकाले सार्वजनिक गरेको छैन । तर, गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित उक्त हवाई अड्डानजिकै तीनवटा शंकास्पद सवारीसाधन फेला परेपछि विकसित घटनाक्रमसँग यसलाई जोडेर हेरिएको छ ।

घटनापछि पाँचजना पुरुषलाई आतंकवादी गतिविधिसम्बन्धी शंकामा  पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । पछि बेलायती–इरानी नागरिकता भएका २५ वर्षीय व्यक्तिलाई पनि लन्डनबाट पक्राउ गरिएको थियो । उनलाई समेत शनिबार धरौटीमा रिहा गरिएको प्रति–आतंकवाद प्रहरीले जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका

काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय