कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी घोषणा

काठमाडौँ, १८ असोज । कांग्रेस उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्य रहेकी उनी विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी थिइन् । १५औं महाधिवेशनमा उनी सोही पदमा दोहोरिन लागेकी हुन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने भएकाले भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी थिइन् । अर्घाखाँचीमा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा खसेको १ हजार ६ सय ८० मतमध्ये उनले १ हजार ४ सय ४६ मत प्राप्त गरेकी थिइन् ।

वकालत र प्राध्यापन हुँदै उपसभामुख तथा पार्टीको उपसभापतिसम्म पुगेकी भुसाल शैलजा आचार्यपछि कांग्रेसको उपसभापति हुने दोस्रो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि