स्टारडमभन्दा कथा बलियो हुन्छ : दयाहाङ राई

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् ।

चलचित्र ‘पेन्सन पट्टा’को निर्माण टिमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा दयाहाङले स्टारडमभन्दा सिनेममा कथा बलियो हुने बताएका हुन् । 

चलचित्र चलाउन कलाकारको स्टारडमभन्दा कथा बलियो हुनुपर्नेमा उनको धारणा छ । कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै भएको उनको तर्क छ । उनले भने, “कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले कथा नै बलियो हुन्छ । कथा बलियो भएपछि सिनेमा चल्छ,” “स्टारडमले चलचित्रलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो ।” 

कलाकारको लोकप्रियतासँगै चलचित्रको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले हालसम्म साढे आठ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी

काठमाडौँ, १६ असोज । भक्तपुरमा च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा ख्वपः’ आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीमा कार्यक्रम हुने उक्त

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’