राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ ।

बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यान लगायतका जिल्लाहरूमा कार्यरत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएका समाचार सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले यो कदम चालेको हो ।  

​मन्त्रालयद्वारा जारी निर्देशन अनुसार शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) को कानुनी प्रावधान विपरीत रहेको छ ।

तसर्थ,आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकहरूको पहिचान गरी थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँगको समन्वयमा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको