काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ ।
फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी दुवै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।
फरक फरक विषयवस्तुमा निर्माण भएका यी दुवै फिल्म एक अर्कोसँग भिड्दै छन् । एभरेष्ट सूर्य बोहरा निर्देशीत ‘चमेलीको पोइ’ अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म हो । फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ ।
फिल्ममा सुरक्षा, त्रिपाठीको अलवा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रबिन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन,बबिन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनीता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै जेनजी आन्दोलनको विषयवस्तुमा निर्माण भएको ‘चंगुल’ मालती कार्कीको निर्माणमा राम गौतमले निर्देशनमा तयार भएको हो । फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ ।
फिल्ममा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ । फिल्ममा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गरेको फिल्म छायाङ्कन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन् ।







