काठमाडौँ, १६ असोज । भक्तपुरमा च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा ख्वपः’ आयोजना हुने भएको छ ।
भक्तपुरको सल्लाघारीमा कार्यक्रम हुने उक्त सोमा अहिलेको प्रसिद्ध भक्तपुरे सांगीतिक समूह ‘कुमा सागर एन्ड द ख्वपः’ ले प्रस्तुति दिने भएको छ । गृहजिल्लामा ब्यान्डको यो पहिलो लाइभ प्रस्तुति हुनेछ ।
मुक्ति एन्ड रिभाइभल तथा निभाः डंगोल एन्ड चबाही दबुले पनि प्रस्तुति दिने जनाइएको छ । कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।






