काठमाडौँ, १६ असोज । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।
असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । उनीहरूको शपथ ग्रहण दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।





