आर्थिक विकासको नेतृत्व निजी क्षेत्रलाई दिनुपर्छ: पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक विकासका लागि सरकार आफैँ अग्रसर हुने नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको बुधबार विमोचन कार्यक्रममा बोल्दै नेता पाण्डेले सरकारले सबै काम आफैँ गर्ने सोचका कारण विगतमा अपेक्षित विकास हुन नसकेको बताए । निजी क्षेत्रलाई पूर्वाधार विकासको जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो ।

मुलुकको अर्थतन्त्र आयातबाट प्राप्त हुने राजस्वमा निर्भर रहेको भन्दै नेता पाण्डेले सरकारको ठूलो हिस्सा नियमित प्रशासनिक खर्च, कर्मचारीको तलब, पेन्सन, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी तथा प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमा खर्च हुने गरेको यथार्थ उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना