काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बुधबार राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्ड, सङ्घीय गणतन्त्र ब्राजिल, इस्लामिक गणतन्त्र पाकिस्तान, फ्रान्स र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।






