सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी ढाँचा तयार गरिँदैछ : सञ्चारमन्त्री

काठमाडौँ, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेका ठगी, दुर्व्यवहार (ह्यारेसमेन्ट) र भ्रामक सूचना सम्प्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानुनी ढाँचा निर्माण गरिरहेको बताएका छन् । 

संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा हुने बुलिङ र चरित्र हत्याका घटनाहरू मन्त्रालयको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका हुन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले सरकारले तर्जुमा गरिरहेको आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत एवं भ्रामक सूचना प्रवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रावधानहरू समेटिएको र आगामी दिनमा ती विधेयकहरू संसदमा पेश गर्ने तयारी भइरहेको जानकारी दिए।  उनले भने, ‘यो अत्यन्तै संवेदनशील विषय भएकाले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि मात्र यसको दुरुपयोग रोक्न सकिने बलियो कानुनी आधार तयार गरिरहेका छौँ। पत्रकारितालाई नियन्त्रण गर्ने नभई थप मर्यादित र जिम्मेवार बनाउन हामीले कानुन आवश्यक ठानेका हौँ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्