चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ । 

आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठक बिहान ८ः३० मा बस्नेछ । बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ । 

न्याय समिति बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेको थुनुवाहरूको मानवअधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ । बैठक बिहान ९ः३० मा बस्नेछ । 

त्यस्तै, बिहान ११ बजे बस्ने सुशासन समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलन (कोप ३१)को सम्बन्धमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीको बारेमा छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने सम्भावित कार्यसूची छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार