नेप्से ९.६२ अंकले घट्यो

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ ।

सोमबार १६ अंकले घटेको नेप्से आज पुनः ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको सूचक दिनभरि नै प्रायः राताम्मे रह्यो ।

यस दिन बजारले २५ सयको विन्दुमा बलियो टेवा (सपोर्ट) पाएर फर्किएको देखिन्छ । दिनभरको कारोबारमा सूचक अधिकतम २६१४ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २५८८ विन्दुसम्म ओर्लिएको थियो । 

कारोबारको अन्तिम समयमा लगानीकर्ताहरू सम्हालिँदा नेप्से सूचक एकल अंकको गिरावटमा रोकिन सफल भयो ।

यस दिन बजारमा कुल चार अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको २२ करोड ९९ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । 

केही दिनयता यस कम्पनीको सेयरमा लगानीकर्ताहरूको आकर्षण देखिए पनि आज मूल्यका आधारमा भने यो कम्पनी अगाडि आउन सकेन ।

आज सबैभन्दा धेरै मूल्य बढ्ने सूचीमा आईसीएफसी फाइनान्सको डिबेन्चर अग्रस्थानमा रह्यो । यसको मूल्य ९.१८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशतले वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै