भेषधारी गिरोह नष्ट नगरी सुशासन असम्भव : बाबुराम भट्टराई

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै पछि हट्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणालीका सीमा र विद्यमान विकृतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

लोकतन्त्रमा हरेक कार्य विधिसम्मत हुनुपर्ने मान्यतालाई स्वीकार गर्दै उनले वर्तमान कानुन र न्यायिक अभ्यासमा देखिएको विभेदकारी अवस्थालाई औँल्याएका छन्। ‘झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने स्थिति छ,‘ उनले लेखेका छन्, ‘हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?’

देशलाई योजनाबद्ध रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहहरूलाई पहिले समाप्त नगरेसम्म सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने दाबी भट्टराईले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख