नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ । 

कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । 

एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक  अध्यक्ष तथा क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एकरएक जना उपाध्यक्ष रहने प्रावधान छ । यस पटक गैर-क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ । 

वार्षिक  बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेकोमा जोड दिए ।

उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनहरूमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नेपालजस्ता विकासशील मुलुकहरूको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको

काठमाडौँ, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले