नेप्से १६.४७ अंकले घट्यो

काठमाडौँ, १२ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

यस दिन नेप्से सूचक १६.४७ अंक अर्थात् ०.६२ प्रतिशतले घटेर २६१३.३३ विन्दुमा बन्द भएको छ । 

आज ३५७ कम्पनीको एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ पुगेको छ । कुल ५८ हजार ५०० पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यसदिन ५० कम्पनीको मात्रै सेयर मूल्य उकालो लाग्यो भने २२३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसमध्ये सबैभन्दा बढी डिवेञ्चरको सेयर मूल्य बढेको छ । किनभने यसदिन कमाउने पाँच कम्पनीमा सात प्रतिशतको लक्ष्मी सनराइज डिवेञ्चर २०९२, १० प्रतिशतको केवीएल डिवेञ्चर २०९०, ६.२५ प्रतिशतको प्राइम बैंक डिवेञ्चर २०९३, माण्डु हाइड्रोपावर र एनआईसी व्यालेन्स फन्ड रहेका छन् । 

यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा हाथवे इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१, धौलागिरी लघुवित्त र एसियन हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ