क्यानडामा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी, ११ असोज । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–ड’इबर्भिल क्षेत्रमा दिउँसो करिब २ः३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए। हेलिकोप्टरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उडान भरेको केही समयमै हेलिकोप्टरमा आकस्मिक समस्या उत्पन्न भएको थियो। त्यसपछि हेलिकोप्टर दुर्घटनामा परेको उनीहरूले बताए।

प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, त्यसको प्रस्थान तथा गन्तव्यस्थल र मृतकहरूको पहिचानबारे हालसम्म जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको