काठमाडौँ, ११ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






