परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताका साथै प्रदान गरेको मानवीय सहयोगप्रति नेपाल र नेपाली जनताको तर्फबाट प्रशंसा र आभार व्यक्त गरे ।

परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने यूएईको पछिल्लो प्रतिबद्धताप्रति समेत धन्यवाद व्यक्त गरे ।

दुवै नेताले आपसी हितका विषयमा रचनात्मक छलफल गर्दै पारस्परिक लाभका क्षेत्रमा नेपाल-यूएईबीचको निकट तथा सहकार्यात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

भेटमा श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायतका विषयमा समेत छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार