ट्रम्पद्वारा इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् ।

रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् ।

इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट पुन: खोल्ने प्रस्ताव पठाएको समयमा उक्त रिपोर्ट सार्वजनिक भएको हो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा तय गरिएका आवश्यक सर्तहरू पूरा गरेपछि मात्रै होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया सुरु हुने बताएका थिए ।

यसै साता ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्कीसमेत दिएका थिए । यद्यपि, पछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानसँग ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा