स्वास्थ्य र शिक्षा क्षेत्र सरकारको प्रमुख प्राथमिकतामा : मुख्यमन्त्री थापा

काठमाडौँ, १० असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

आज विश्व मुटु दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिक स्वस्थ नभएसम्म देशमा समृद्धि र विकास सम्भव नहुने स्पष्ट पारेका हुन् ।

उनले हेटौँडा र भक्तपुर अस्पतालमा क्याथल्याब सहितको कार्डियो सेवा सुरु गर्न बजेट विनियोजन गरिएको जानकारी दिए। हृदयघात हुँदा बिरामीलाई काठमाडौँसम्म ल्याउन धेरै समय लाग्ने भएकाले मोफसलमै प्राथमिक उपचारको व्यवस्था गरिएको उनले बताए।

उनले भने, ‘हृदयाघातको जोखिमलाई मध्यनजर गर्दै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, हेटौँडा र चितवनलगायत १० वटा अस्पतालमा आवश्यक भ्याक्सिनको व्यवस्था मिलाइएको छ,’ ।

यसैगरी रसुवामा बाढीपछिको विपद् व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरणमा प्रदेश सरकार गम्भीर भएर लागेको मुख्यमन्त्री थापाले जानकारी दिए । नदी कोरिडोर र बगर क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थित पुनर्निर्माण गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा