श्रीलङ्काले सार्वजनिक सेवामा सवा लाख व्यक्तिलाई रोजगारी दिने

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको सार्वजनिक प्रशासन मन्त्री चन्दना अबेयरत्नेले शुक्रबार बताएका छन् ।

“यस भर्नाले शिक्षा, स्वास्थ्य र कृषिलगायत सार्वजनिक क्षेत्रका विभिन्न क्षेत्रमा रहेका खाली पदहरू पूर्ति गर्नेछ,” अबेयरत्नेले पत्रकारहरूसँग भने ।

कार्यक्रमअन्तर्गत करिब ३० हजार शिक्षक र अन्य एक हजार ५०० भन्दा बढी ग्रामीण स्तरका अधिकारीको भर्ना अन्तिम चरणमा पुगेको छ ।

अबेयरत्नेले स्वास्थ्य र कृषि क्षेत्रका खाली पदहरू पूर्ति गर्न थप भर्ना गरिने बताएका छन् । सन् २०२५ मा स्नातक र अन्य योग्य युवासहित करिब ३५ हजार व्यक्ति सार्वजनिक सेवामा भर्ना भएपछि यो नवीनतम भर्ना अभियान आएको हो ।

श्रीलङ्काको तत्कालीन गोटवाय राजपाक्ष प्रशासनले चरम आर्थिक सङ्कटका कारण सन् २०२२ मा चरम खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गर्नुपरेको थियो ।

देशले भोगिरहेको यो सङ्कट विगत सात दशक यताकै सबैभन्दा खराब सङ्कट थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको छ । प्राप्त पछिल्लो

काठमाडौँ, १० असोज । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर

काठमाडौँ, १० असोज । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट चितवन र दरमखोला वामिटक्सार, बागलुङ

काठमाडौँ, १० असोज । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् । आज