हेटौँडा, १० असोज । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ ।
मकवानपुरमा पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते गरिने जानकारी दिए ।
वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रमहरू अन्य जिल्लाहरूमा पनि सारिएको छ ।






