काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ ।
यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५ अधिकृतको सरुवा गरेको हो । अधिकांश सरुवा जिल्ला प्रशासनबाट कारागार तथा कारागारबाट जिल्ला प्रशासनमा भएका छन् । सरुवा विवरण मन्त्रालयले प्रकाशित गरेको छ ।





