मौसम अनुकूलता हेरेर असोज १३ भित्र पालिका अधिवेशन सक्न कांग्रेसको निर्देशन

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।

विभिन्न स्थानमा भारी वर्षा भइरहेकोले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको उनले बताए।

उनले भने, ‘वर्षा केही दिन कायम रहने हुँदा सतर्क रहन मौसम विभाग लगायत विभिन्न निकायले सूचना जारी गरेको सन्दर्भलाई समेत मध्यनजर गरी असोज १० का लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू आ–आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकुल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र गरिसक्न निर्देशन भएको छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै