परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो । विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तरराष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए । दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै