प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब बढी मौज्दात

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ ।

सबै खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन