अमेरिकामा सी जिनपिङको भव्य स्वागत

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने ऐतिहासिक अमेरिका भ्रमण सुरु भएको छ ।

जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा स्थानीय समय अनुसार बुधबार साँझ आयोजित संक्षिप्त र भव्य स्वागत समारोहका क्रममा दुवै नेताले हात मिलाएका थिए । त्यसलगत्तै उनीहरू वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प स्वयं सीलाई गाडीसम्म पुर्‍याउन गएका थिए । सो क्रममा दुई नेताबिच संक्षिप्त कुराकानी भएको थियो भने चिनियाँ राष्ट्रपति सीले आफ्ना एक प्रतिनिधिमण्डल सदस्यसँगै सहमति जनाउँदै टाउको हल्लाएको देखिएको थियो । ह्वाइट हाउसस्थित संवाददाताका अनुसार यस प्रकारको अभूतपूर्व स्वागतले राष्ट्रपति ट्रम्पले यस भ्रमणलाई दिएको उच्च महत्त्वलाई दर्साउँछ ।

भ्रमणका क्रममा दुई नेताबिच सौहार्दपूर्ण भेटघाट, बन्दसत्र बैठकहरू तथा राजकीय भोज (स्टेट डिनर) आयोजना गरिनेछ । यस साता हुने वार्तामा मुख्यतया ट्यारिफ, आर्टिफिसियल इन्टेलिजेन्स, इरान युद्ध र ताइवान जस्ता महत्त्वपूर्ण विषयहरू छलफलका मुख्य एजेन्डा बन्ने देखिएको छ । यस ऐतिहासिक वार्तातर्फ दुवै देशका आ–आफ्ना अपेक्षा र रणनीतिहरू के–कस्ता हुनेछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको

काठमाडौँ, ९ असोज । नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै