बाढीपहिरोको जोखिम रहेकोले विशेष सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनका लागि अमेरिका यात्रामा रहेका प्रधानमन्त्री सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै उनले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।

उनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानजिकका जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र ट्रेकिङ तथा हिमाली क्षेत्रको यात्रा मौसम सुधार नभएसम्म स्थगित गर्न पनि उनले अनुरोध गरेका छन् । प्रधानमन्त्रीले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न तथा सम्बन्धित निकायलाई पूर्वतयारी, समन्वय र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने

काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी