बढ्यो अन्डाको मूल्य

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको हो ।

अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ ।

यसअनुसार अब सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय १५, ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पर्नेछ । यसअघि १९ भदौदेखि लागु हुने गरी संघले मूल्य तोकेको थियो । त्यसबेला सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय ५ रुपैयाँ, ठूलो अन्डा ५ सय ९० रुपैयाँ र मिडियम अन्डा ५ सय ५० रुपैयाँ तोकिएको थियो । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम थियो ।

होलसेल र फार्म मूल्यमा परिवर्तन भए पनि सर्वसाधारणले किन्ने खुद्रा मूल्य भने नबढाइएको संघको भनाइ छ । उपभोक्ताले पहिले जस्तै ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँमै खरिद गर्न पाउने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना