विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । 

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए । उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए । विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए । 

लोककल्याणकारी विज्ञापन वितरणलाई समेत वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उनले बताए । लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ

काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको